Like us!
Follow us!
Connect us!
Watch us!

एटिएमबाट रकम झिक्न खोज्दा पैसा नआए पनि खाताबाट काटियो ? नआत्तिनुहोस्, यस्तो छ व्यवस्था

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ०८ : १४ मा प्रकाशित

एटिएमबाट रकम झिक्न खोज्दा पैसा नआए पनि खाताबाट काटियो ? नआत्तिनुहोस्, यस्तो छ व्यवस्था

डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याको कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा खातामा रकम फिर्ता हुन नेपाल राष्ट्र बैंकले समय नै तोकेर व्यवस्था गरिदिएको छ ।

रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा पनि निश्चित अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ । व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एक दिन (T+ 1) भित्र पैसा खातामा फिर्ता आउनुपर्नेछ ।

यसैगरी कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिन भित्र रकम खातामा रकमको हिसाब मिलाउनुपर्नेछ । कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा भने कारोबार भएपछिको तीस दिनभित्र हिसाब मिलाउनुपर्नेछ ।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी हर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको