Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १० : ५७ मा प्रकाशित

किसान लघुवित्तको संस्थापक सेयर  बिक्रीमा

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको  १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने हक हाल विद्यमान संस्थापक सेयर धनीहरूलाई मात्रै रहेको छ । सेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजात सहित लिखित निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको