Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जाकै मारमा वाणिज्य बैंक,कुनको कति ?

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १५ : ३० मा प्रकाशित

खराब कर्जाकै मारमा वाणिज्य बैंक,कुनको कति ?

आक्रमक रुपमा कर्जा विस्तार गरेका वाणिज्य बैंकहरुले समयमै ऋण अशुल गर्न नसक्दा खराब कर्जा (नन पर्फमिङ लोन) बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा असुली मुख्य समस्याको रुपमा रहेको छ ।व्यवसायमा आएको सुस्ततासँगै असुली प्रभावित बन्दा खराब कर्जा बढ्न गई प्रोभिजनिङ रकम पनि थपिएको छ ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ३.६५ प्रतिशत रहेको छ । १ वर्ष अघिको तुलनामा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ०.६६ प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको औसत खराब कर्जा २.९९ प्रतिशत थियो । खराब कर्जा बढेसँगै बढी रकम प्रोभिजनिङ गर्नुपरेको छ । जसको प्रत्यक्ष असर बैंकहरुको नाफामा परेको छ । 

तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।

खराब कर्जा बढेसँगै बैंकहरुले प्रोभिजनिङ रकम पनि बढेको छ । १ वर्षमा वाणिज्य बैंकहरुको प्रोभिजनिङ रकम ३२.७९ प्रतिशतले बढेर ३९ अर्ब ८७ करोड ६२ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको प्रोभिजनमा ३० अर्ब ३ करोड ४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै रकम प्रोभिजनिङ गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकको प्रोभिजनमा ५ अर्ब २६ करोड ४६ लाख २५ हजार रुपैयाँ रहेको छ । यसको खराब कर्जा ४.७४ प्रतिशत छ । सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको रहेको छ । यसको खराब कर्जा अनुपात ५.४९ प्रतिशत छ भने प्रोभिजनिङमा ४ अर्बभन्दा बढी छ । 

ऋणीले तिर्नुपर्ने साँवा तथा ब्याज रकम (किस्ता) मा ३ महिनाको भाखा नाघेमा सो रकम खराब कर्जामा वर्गीकरण हुन्छ । भाखा नाघेको समय घर्किंदै जाँदा बैंकहरुले त्यसका लागि लोन लस प्रोभिजन पनि बढाउँदै जानुपर्ने व्यवस्था छ । भाखा नाघेको १ वर्ष पूरा भएमा शतप्रतिशत लोन लस प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । बैंकहरुले कर्जा असुली गरेपछि प्रोभिजनमा राखेको रकम फिर्ता हुन्छ, अनिमात्र त्यसलाई नाफामा देखाउन पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको