Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र कतारबिच ८ वटा सम्झौता

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १२ : १६ मा प्रकाशित

नेपाल र कतारबिच ८ वटा सम्झौता

नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठक पछि विभिन्न आठ विषयमा सम्झौता भएको हो

नेपाल भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको बताइएको छ। यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्।

हस्ताक्षर कार्यक्रम पछि अब प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको