Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लिलामी सेयरमा खरिद आवेदन दिने म्याद थप

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १२ : २७ मा प्रकाशित

कुमारी बैंकको लिलामी सेयरमा खरिद आवेदन दिने म्याद थप

लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको साढे ४ लाख कित्ता सेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।

गत वैशाख ३ गतेबाट बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको थियो। यो सेयरमा हिजो वैशाख ११ गतेसम्म खरिद आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको थियो।

तर, हिजो सार्वजनिक बिदा दिइएकोले अब वैशाख १८ गतेसम्म खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

 यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १ हजार अंकको गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाडौंको नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको