Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १३ : ४० मा प्रकाशित

नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले यस्तो बताएका हुन् ।

अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको जनाए । उनले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेको उनले जनाए ।

‘यी ७७ वर्षहरूमा अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको छ–सबै नेपालीका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने साथै महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरू सहित सहयोग गर्न । हामीले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च(प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेका छौं’ राजदूत थम्सनले भने ।

सम्मेलनमा उनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने अमेरिकी प्रतिबद्धतालाई जोड दिँदै वासिङ्टन, डिसीस्थित अमेरिकी सरकारका अधिकारीहरूको भिडियो सन्देश पनि प्रस्तुत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको