Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, ११ : ४६ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले ५ लाख ९० हजार १८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोही संस्थापक सेयरधनीले पनि आवेदन दिन सक्ने छन् । सेयर प्रति कित्ता न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको