Like us!
Follow us!
Connect us!
Watch us!

१२ कक्षाको प्रश्नपत्र लिक गर्ने २ जना पोखराबाट पक्राउ

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १९ : १० मा प्रकाशित

१२ कक्षाको प्रश्नपत्र लिक गर्ने २ जना पोखराबाट पक्राउ

जारी कक्षा १२ को प्रश्नपत्र लिक गर्ने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

वैशाख १६ गते बिहान करिब ९ बजे कास्कीको पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र  बास्तोला रहेका छन् । उनीहरुको साथबाट प्रहरीले कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थान पनि बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवैलाई शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको