Like us!
Follow us!
Connect us!
Watch us!

स्याङ्जालीले प्रहरी कुटे, तीन पक्राउ

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १४ : ५४ मा प्रकाशित

स्याङ्जालीले प्रहरी कुटे, तीन पक्राउ

स्याङ्जामा प्रहरी कुटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको वालिङ-१२ कोखेका २८ वर्षीय रविन गुरूङ, २५ वर्षीय काजी गुरूङ र २४ वर्षीय सुदिप गुरूङ रहेका छन् । शनिबार राति मादकपदार्थ सेवन गरि झैझगडा गरिरहँदा सम्झाउन पुगेको प्रहरी टोली आक्रमणमा परेको थियो । घटनामा प्रहरी चौकी थुमपोखराका सहायक निरीक्षक मनोज सिंह घाइते भएका छन् । सिंहसहित तीन जनाको टोली झगडा खटिएको थियो ।

घाइते सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको