Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी राष्ट्रपतिको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा दुई कर्नेल पक्राउ

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, २० : २३ मा प्रकाशित

युक्रेनी राष्ट्रपतिको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा दुई कर्नेल पक्राउ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रसियाको योजनामा सामेल भएको भन्दै दुई युक्रेनी कर्नेललाई नियन्त्रणमा लिइएको छ ।

राजधानी किभस्थित महाभियोजकको कार्यालयले आर्थिक लालचमा परी युक्रेनविरुद्ध देशद्रोही गतिविधि गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको हो । पक्राउ परेका मध्येका एक जनाले विस्फोट गराउने तयारीसमेत गरेको जनाइएको छ । ती व्यक्तिले रसियाको स्टेट सेक्युरिटी सर्भिसबाट ड्रोन र हतियार लिएको पाइएको जनाइएको छ ।

युक्रेनको स्टेट सेक्युरिटी सर्भिस एसबियुले उक्त हमलाको योजना विफल पारिएको उल्लेख गर्दै पक्राउ परेका अर्का व्यक्तिको काम राष्ट्रपतिको सुरक्षागार्ड मध्येबाट सम्भावित हमलाकारी खोज्ने कार्य रहेको बताएको छ । रसियाले जेलेन्सीको हत्याको प्रयास लगातार गरिरहेको युक्रेनले आरोप लगाउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको