Like us!
Follow us!
Connect us!
Watch us!

इरानको सैन्य एयरबेसमा इजरायली आक्रमण

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १० : ०६ मा प्रकाशित

इरानको सैन्य एयरबेसमा इजरायली आक्रमण

इरानको इस्फाहानस्थित सैन्य एयरबेसमा इजरायलले मिसाइल आक्रमण गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले उक्त एयरबेसमाथि तीन ड्रोन खसालेको र विस्फोट त्यसैको आवाज भएको जनाएको छ । इजरायलले थप हमला गर्न सक्ने आशंका बीच इरानले एयर डिफेन्स प्रणाली एक्टिभेट गरेको जनाइएको छ । एयर डिफेन्स मिसाइलहरु सूचारु भएसँगै इरानमा कैयौं उडानहरु रद्द गरिएका छन् । इरानी मिडियाका अनुसार मध्यराति १२:३० बजे ती ड्रोनहरु खसालिएको थियो ।

पछिल्लो हमलाले इजरायल इरान द्वन्द थप उत्कर्षमा पुर्याउने आशंका गरिएको छ । उक्त हमलाको केही घन्टा अघि मात्रै इरानी विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियानले इजरायलले थप हिरोपन्ती देखाउन खोजे इरानले तुरुन्तै पूर्ण क्षमतामा प्रत्याक्रमण गर्ने चेतावनी दिएका थिए । इजरायलले सिरियामा इरानी दूतावासबाहिर हमला गरि इरानी वरिष्ठ अधिकारीहरुको ज्यान लिएपछि तनाव बढेको थियो ।

त्यस हमलाको जवाफमा इरानले इजरायलको भूमिमै तीन सय भन्दा बढी ड्रोन र मिसाइलबाट सिधा हमला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको