Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस संसदीय दलको बैठक बस्दै,बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ०४ मा प्रकाशित

कांग्रेस संसदीय दलको बैठक बस्दै,बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८: ३० बजे बस्दै छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आज देखि शुरु हुने संसदको बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको