Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालन खर्च बढ्दा सिक्लेस हाइड्रोको नाफामा गिरावट

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ११ : १५ मा प्रकाशित

सञ्चालन खर्च बढ्दा सिक्लेस हाइड्रोको नाफामा गिरावट

सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालन खर्च बढ्दा हाइड्रोको नाफामा गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा पाँच करोड २२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट २४ करोड १३ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २३ करोड ९९ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ४ करोड ५५ लाख रुपैयाँ कमाएको छ ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २ करोड ८१ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ९ करोड ५० लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ११ करोड २ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ करोड २२ लाख ७९ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ

१०८.५७ रुपैयाँ

इपिएस

८.२० रुपैयाँ

पिई रेसियो

६२.०७ (अन्तिम मूल्य ५०९ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको