Like us!
Follow us!
Connect us!
Watch us!

ओपोको नयाँ फोन सार्वजनिक, यस्ता छन् विशेषता

बुधबार, १० माघ २०७४, १७ : १७ मा प्रकाशित

ओपोको नयाँ फोन सार्वजनिक, यस्ता छन् विशेषता

अर्थ संसार, काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ सार्वजनिक गरेको छ ।

ए८३मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ ।

साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि पनि उपलब्ध गरिएको छ ।

३ जीबी र्याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको यो फोनको मूल्य रु. २४ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीको नेपाल भर रहेका विक्रि केन्द्रमामार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

निरन्तर माया, साथ र सहयोगका लागि हामी हाम्रा समस्त उपभोक्ता प्रति कृतज्ञ छौँ । यही साथ, सहयोग र मायाकै कारण हामी स्थापनाको छोटो अवधिमै नेपालमा स्थापित ब्राण्डका रुपमा परिचित भएका छौँ । यो साथ र सहयोग भविष्यमा पनि निरन्तर रहनेमा हामी आशावादी छौँ । त्यस्तै माया हाम्रो नयाँ उत्पादन ए ८३लाई पनि प्रदान गर्नु हुनेछ भन्ने हाम्रो विश्वास छ ।

एआई स्मार्ट ब्यूटी

८ मेगा पिक्सेलको फ्रण्ट र १३ मेगा मेगा पिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए ८३ माए आई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ ।

साधारण शब्दमा भन्नु पर्दा एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राममात्र नभइ यसले ब्यवसायिक फोटो ग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ ।

ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ । यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ ।

फ्ल्यागशिपफुल स्क्रिन, फेसियल रिकग्निसनफिचर र फेशनेबल लुक

ए ८३ को आकार जम्मा ५.७ ईञ्च छ । तर, यसमा रहेको स्क्रिनको आकार भने ५ ईञ्चको छ ।

आफ्ना पछिल्ला मोडलका तुलनामा यसको बेजल रेसियो १८ः९ राखि एण्ट्रि लेभल फोनमै फुल स्क्रिनको मज्जा पस्कन कम्पनी सफलभएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुतिलिन सकिन्छ ।

आज सम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए ८३ को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ ।

साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिनयसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ ।

सार्वजनिक नयाँफोनमा फेस अनलक सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलकगर्न सकिन्छ ।

लाभिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन उठाउन पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।

डिजाइन:

ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) माआधारित भइगरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ ।

 

 

 

 

 

सहज परिचालन ः
ए८३को निर्माण उपाभोक्तालाई सहजतथाआरामदायी परिचालनअनुभवदिने सोचका साथगरिएको छ । फोनमा जडित ३जीबी सञ्चालन मेमोरीले विशेषगरी यूवावर्गलाई गेमिङको भरपुर मज्जालिन सघाउँछ । साथै, यसमादूई ओटा नानो सिम र १ थानएसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ । एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चयक्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । फोनमाप्रयोग गरिएको नयाँकलर ओएस ३.२ सञ्चालन प्रणली र फाइलआदानप्रदानकालागिउपलब्धगरिएको ओ–सेयरले ६ देखि ७ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सक्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको