Like us!
Follow us!
Connect us!
Watch us!

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरासहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

विहीबार, २२ चैत्र २०७४, ०८ : २१ मा प्रकाशित

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरासहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

अर्थ संसार,  काठमाडौं – ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको छ ।

नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली युवामाझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवि अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरु पनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार अप्रिल महिना भित्रै एआई सुविधासहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक हुनेछ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।

यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ ।

यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी ९एआर० स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

उद्योगकै अग्रणी २५ एमपी फ्रण्ट क्यामेरा

२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छाया परेको स्थान दुवै अवस्थामा चहकिलो पार्न उच्च ल्यूमिनेन्स रेञ्जको व्यवस्था गरिएको छ । त्यसैगरी तस्विरलाई थप विस्तृत, चहकिलो र जीवन्त बनाउन यसमा पिक्सेलको कन्ट्राष्ट र कलर रेञ्जमा समेत वृद्धि गरिएको छ ।

सेन्सर एचडीआर प्रविधि

नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ ।

सामाजिक सञ्जाल लगायतमा आफ्ना तस्विर राख्न अत्यधिक रुचाउने यूवा जमातका लागि आवश्यकता अनुसार प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।

फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्वीरलाई वर्गीकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचरमार्फत पुराना तस्वीरहरुको खोजी कार्यमा तीव्रता ल्याउन सघाउ पुर्याउँछ ।

फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पुर्याउँछ ।

एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाउ पुर्याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी) लाई बुद्धिमानीपूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ ।

यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफाफइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले ऊर्जा व्यवस्थापनमा समेत सघाव पुर्याउँदै ब्याट्रीलाई थप समय सम्म टिकाउन सघाउँछ ।

5ac58dd5b857b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको