Like us!
Follow us!
Connect us!
Watch us!

नमूना विद्यालय घोषणा

बुधबार, २६ बैशाख २०७५, १३ : ०० मा प्रकाशित

नमूना विद्यालय घोषणा

अर्थ संसार, जाजरकोट–  नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ । 

प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो । 

नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ । एक मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले जानकारी दिनुभयो । नमूना बनाएका विद्यालयमा कम्प्युटर पढाइ शुरु गर्नका लागि एकदेखि दुई वाट सम्मको सोलार वितरण गरिएको नपाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो । 

नगरपालिका भित्रका ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । विद्यार्थी बिरामी हुँदा उपचारमा सहयोग होस् भनी उपचार बाकस वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

नमूना विद्यालयमा अंग्रेजी पढाइ शुरु गरेसँगै निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्य पनि घटेको छ । विद्यार्थी, शिक्षक र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता नगरपालिकाले नै बनाएर लागू गरेको छ । 

नगरपालिकाले हिजो मात्र जनप्रतिनिधिका छोराछोरी र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । निजी विद्यालयमा पढाउन नपाउने निर्णयसँगै यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको