Like us!
Follow us!
Connect us!
Watch us!

डा गोविन्द केसीको माग पूरा, संसद्ले दियो स्वीकृति

बुधबार, २६ बैशाख २०७५, १५ : ०० मा प्रकाशित

डा गोविन्द केसीको माग पूरा, संसद्ले दियो स्वीकृति

अर्थ संसार, काठमाडौँ- सधै अनशनमा बसेर सरकारलाई हैरान बनाएका डा गोविन्द केसीको माग सम्बोधन एको छ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई संसदले स्वीकृत गरेको छ ।

 शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई आजको बैठकले स्वीकृति दिएको हो । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मात्रै धारणा राख्नुभएको थियो । 

उहाँले  काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने माग राख्नुभएको थियो । शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा र स्वास्थ्य शिक्षामा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्न ऐन अत्यावश्यक रहेको बताउनुभएको थियो ।

उहाँले  मेडिकल शिक्षालाई कुनै जिल्ला  प्रदेश र क्षेत्रमा सीमित नगरी आवश्यकता र औचित्यका आधारमा व्यवस्था गर्नुपर्ने बबताउनुभउको थियो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त अध्यादेश ल्याएको थियो । 

संसद बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेशलाई पनि स्वीकृति दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको