Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा ‘समर सेल्फी कन्टेष्ट’को घोषणा : नेपालभरबाट २० जना विजेताको छनोट गरिने

शनिबार, २६ जेठ २०७५, ०८ : १९ मा प्रकाशित

ओपोद्वारा ‘समर सेल्फी कन्टेष्ट’को घोषणा : नेपालभरबाट २० जना विजेताको छनोट गरिने

अर्थ संसार, काठमाडौं - सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘समर सेल्फी कन्टेष्ट’को घोषणा गरेको छ ।

कम्पनीले आफ्ना देशभर छरेर रहेका उपभोक्ता लक्षित गर्दै यस सेल्फी कन्टेष्टको घोषणा गरेको हो । समर सेल्फी कन्टेष्टमा ओपोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

 प्रतियोगितमा सहभागिता जनाउन उपभोक्ताले आफुले खरिद गरेको ओपो फोनबाट पहिलो सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग #OPPOSUMMERNP" सहित अपलोड गर्नु पर्नेछ । यसरी पोष्ट गरिएका तस्विर मध्य सर्वाधिक लाइक्स पाउन सफल २० जनालाई भाग्यशाली विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्रतियोगिताको आयोजना दूई चरणमा गरिनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ । त्यसैगरी, दोस्रो चरणको प्रतियोगिता भने जुन ११ देखि १७ सम्म आयोजना गरिने छ । दुबै चरणबाट नेपाल भरका १०–१० जना विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । यसरी छानिएका विजेताहरुलाई ओपोको तर्फबाट आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना गरिएको हो । आफ्ना उपभोक्तासंग रमाइला क्याम्पेनका मार्फत थप सामिप्यता बढाउने सोचका साथ यस क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ ।

क्याम्पेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हाम्रा हरेक कन्टेष्टमा उल्लेख्य सहभागिता जनाइ हामीलाई प्रोत्साहन प्रदान गर्नुहुने समस्त उपभोक्ता प्रति हामी कृतज्ञ छौँ ।

हामी आदर्णिय उपभोक्तालाई यसको निरन्तरताका लागि अनुरोधका साथै क्याम्पेनका लागि शुभकामना ब्यक्त गर्छौँ । साथै, आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेनहरु नेपालमा सार्वजनिक गर्ने घोषणा गर्न चाहान्छाँै ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको