Like us!
Follow us!
Connect us!
Watch us!

खोलामा डुबेर दुई बालकको मृत्यु

बुधबार, २० असार २०७५, ०८ : २२ मा प्रकाशित

खोलामा डुबेर दुई बालकको मृत्यु

अर्थ संसार,  कैलाली – कैलालीको गौरीगंगा नगरपालिका-११, शिवपुरमा रहेको कटैनी खोलामा नुहाउने क्रममा २ जना बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

मंगलबार साँझ पौने सात बजेतिर खोलामा नुहाउन गएका उनीहरु खोलामा डुबेका थिए । स्थानीयले देखेर उद्धार गरी सचिनलाई सुखडमा रहेको घोडाघोडी अस्पताल र अमनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याएका थिए । तर, उनीहरुको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको