Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल ह्याण्डसेट क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग हस्ताक्षर

सोमबार, २५ असार २०७५, ०८ : ३३ मा प्रकाशित

मोबाइल ह्याण्डसेट क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग हस्ताक्षर

अर्थ संसार, काठमाडौं - सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार ओपोले अब स्मार्टफोन क्यामेरा रोडम्याप (उच्च अप्टिकल जुम फ्याक्टर्स, सटिक डेफ्ट म्यापिङ, अल्ट्रा फास्ट डिजिटल बोके र अन्य अत्याधुनिक फिचर्स, अप्टिक्स अन्तर्गतका सबै नवप्रबर्तन, मेकानिक्स, कम्प्युटेशनल फोटोग्राफी, डिप लर्निङ र अन्य क्षेत्र) का लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ ।

‘मोबाइल फोटोग्राफीलाई ओपोमा प्रमुख विषयका (फोकस)का रुपमा लिइन्छ । हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरु संग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ’, ओपोका हार्डवेयर डिरेक्टर डा. किंगले भने , ‘कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप–स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पुर्याएको  छ ।’

‘स्मार्टफोन ईमेजिङको क्षेत्रमा नवप्रबर्तनका लागि ओपोसंग अहिले सम्मकै प्रभावशाली रेकर्ड छ ।’, कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने, ‘ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।’

‘यस सहकार्यले हामीलाई उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग प्राप्त हुनेछ । यसले हाम्रा आदर्णिय उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा हामी विस्वस्त छौँ’ ’कोरफोटोनिक्स संगको साझेदारीका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

5b42cea4d054d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको