Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा म्युजिक अवार्डको अवेदन खुल्ला

बुधबार, ०२ साउन २०७५, १५ : ०५ मा प्रकाशित

सगरमाथा म्युजिक अवार्डको अवेदन  खुल्ला

अर्थ संसार, काठमाडौं – रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्था रेस्पोन्सिभ मिडियाले जनाएको छ ।

 ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको  यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ ।

कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।  

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको