Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लद्युवित्तको नाफामा २३ प्रतिशतले गिरावट

मंगलबार, २९ साउन २०७५, १३ : २८ मा प्रकाशित

नागबेली लद्युवित्तको नाफामा २३ प्रतिशतले गिरावट

अर्थ संसार, काठमाडौं– गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नागबेली लघुवित्त वित्तीय संस्थाले २ करोड ५८ लाख २८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

अघिल्लो आवमा नागबेलीले ३ करोड ३७ लाख २९ हजार रुपैयाँ नाफा  कमाएको थियो । संस्थाले अघिल्लो वर्ष सोही अवधिको तुलनामा नाफा २३.४२ प्रतिशतले थोरै देखिएको छ ।
 
अघिल्लो आवमा ७ करोड ३० लाख २९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ६ करोड १५ लाख १४ हजारमा सीमित छ । यस्तै, सञ्चालन नाफा ४ करोड ३९ लाख ६५ हजार रुपैयाँबाट २७.११ प्रतिशत ले घटेर ३ करोड २० लाख ४३ हजार रुपैयाँमा आएको छ । कम्पनीले ८५ लाख ४३ हजार रुपैयाँ राइट ब्याक गर्दा ६७ लाख ७३ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।
 
नागबेलीले २४ करोड ६८ लाख ३६ हजार रुपैयाँ निक्षेप गरी ७० करोड ५९ लाख ३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा खराब कर्जा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा १.९७ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा आइपुग्दा २.३७ प्रतिशत मा पुगेको छ ।
 
यसको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ । जगेडा कोष भने मजबुत देखिएको छ । जगेडा कोषमा अहिले ९ करोड २८ लाख १७ हजार रुपैयाँ जम्मा भएको छ । ३३ रुपैयाँ ६९ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको यो वित्तीय संस्थाको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ८६ पैसा छ ।

यो पनि पढ्नुहोस्

मन्द सेयर बजार : जोखिम पनि कम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको