Like us!
Follow us!
Connect us!
Watch us!

धरौटी रकम तिरेसँगै थुनामुक्त भए दिपेश पुन

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १७ : २९ मा प्रकाशित

धरौटी रकम तिरेसँगै थुनामुक्त भए दिपेश पुन

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।

जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर उनी शुक्रबार रिहा भएका हुन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई वैशाख ७ गते नै जिल्ला अदालत रूपन्देहीले नै धरौटी बुझाएर छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पुन पक्राउ परेका थिए । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश आएको थियो । पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको