Like us!
Follow us!
Connect us!
Watch us!

यी रोग लागेका विरामीलाई २ अर्ब !

शुक्रबार, १५ भदौ २०७५, ०७ : ३८ मा प्रकाशित

यी रोग लागेका विरामीलाई २ अर्ब !

काठमाडौं । सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक बर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ ।

गत बर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत २ अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ ।

०७३/७४ मा कडा रोगको उपचारमा १७ हजार ४ सय ७१ जनताले १ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका थिए ।

क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किनसन र अल्जाइमरलाई कडा रोग मानेर सरकारले उपचारमा विपन्न नागरिकलाई अस्पतालको बिल भर्पाइअनुसार अनुदान दिने गरेको छ । , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको