Like us!
Follow us!
Connect us!
Watch us!

दशैतिहारमा अापुर्ती मन्त्रालयले तरकारीको मुल्यमा नियन्त्रण गर्ने

शुक्रबार, १४ असोज २०७३, १२ : ०६ मा प्रकाशित

दशैतिहारमा अापुर्ती मन्त्रालयले  तरकारीको मुल्यमा नियन्त्रण गर्ने

अर्थ संसार 
काठमाडौं – दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । अहिले  वजारमा एकासी आकासिएको तरकारीको मुल्य  आपूर्ति मन्त्रालयले मुल्य नियन्त्रण गर्ने भएको छ । मन्त्रालयमा विहिवार खुद्रा तथा थोक तरकारी फलफुल व्यवसायीसँग छलफल गरी दशैतिहारमा तरकारीको मुल्य नियन्त्रण गर्ने निर्णय भएको छ  ।

सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चत मुल्य तोक्ने आपूर्ती विभागका कार्यकारी निर्देशक गोकुल धितालले वताए । विहिवार भएको बैठकमा कालिमाटी तरकारी थोक व्यवसायी संघ, कृषि व्यवस्थापन विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा खुद्रा तरकारी बजारका प्रतिनिधिको सहभागितामा मुल्य नियन्त्रण गर्ने सहमती भएको हो ।

विभागले मुल्य नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने धितालले बताए । निर्धारण गरेको मुल्य भन्दा बढिमा विक्री गरेको पाईएमा कारवाही गर्ने समेत गर्ने उनले वताए । हाल वजारमा  प्याज केजीको    ५३, रातो आलु ३६, सेतो आलु    ३३, अदुवा    ७५, लसुन सुकेको चाइनिज    ३०५ र लुसुन सुकेको नेपाली    २७५ मुल्य रहेको छ । साथै साल्ट ट्रेडिङले पनि सहुलियत पसलमा तरकारी र फलफूल बिक्री गर्ने भएको छ ।

१४ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको