Like us!
Follow us!
Connect us!
Watch us!

तीजमा अनावश्यक खर्च छाडौ : शेयरमा लगानी गरौं

बुधबार, २७ भदौ २०७५, १४ : ५२ मा प्रकाशित

तीजमा अनावश्यक खर्च छाडौ : शेयरमा लगानी गरौं

अर्थ संसार, काठमाडौं - देशभर नै तीजको माहोलले छोपेको छ । तिजमा अनावश्यक खर्च पनि भैरहेको छ । तिजलाई सिर्जनशिल र लगानीमैत्री बनाउनका लागि विभिन्न क्षेत्रका व्यक्तिले फरक फरक खालका सुझाव दिएका छन् । त्यसमध्ये असाध्यै रचनात्मक लाग्ने सुझाव भनेको तिजको खर्च कटाएर शेयरमा लगानी गर्नु नै रहेको छ ।

तिज पर्वको अवसरमा हुने अनावश्यक खर्च रोक्नका लाथि शेयर बजारमा लगानी गर्नु नै उत्तक हुने देखिन्छ । खायो, पियो, रमायोले भावी दिनमा कुनै पनि फाइदा गर्दैन । त्यसकारण तिज मनाउने दिदी बहिनीले खर्च कटाएर शेयर जारमा लगानी गर्दा त्यसले आगामी दिनमा प्रभावकारी रुपमा फाइदा दिन सक्छ ।

शेयर बजार निरन्तर ओरालो लागेको छ । नयाँ लगानीकर्ताका लागि यो नै सुवर्ण अवसर हो । विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यको आसपासमा रहेको छ ।

विभिन्न ८ वटा क वर्गका बैंकको शेयर समेत रु २०० भन्दा तल रहेको छ । त्यो भनेको आधारभूत मूल्यको आसपास नै हो । यस्तै कूल ३३ वटा विकास बैंक मध्ये अधिकाशंको शेयर मूल्य पनि आधारभूत मूल्यकै आसपासमा रहेको छ ।

बजारमा नयाँ लगानीका लागि सहज वातावरण बनेको छ । यस्तो बेलामा तिजको नाममा विकृति बढाउने गरी खर्च गर्नुभन्दा पनि शेयर बजारमा लगानी गरेर त्यसबाट दीर्घकालीन फाइदा लिन सकिन्छ । शेयर बजारका जानकारहरुले तिजलाई शेयर लगानीको अभियानका रुपमा अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै, पैसा ठिक पार्नुस्

रिडी हाइड्रोपावरले ६ प्रतिशत लाभांश दिने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको