Like us!
Follow us!
Connect us!
Watch us!

थामियो शेयर बजार, नेप्से र कारोबार दुवैमा गिरावट

सोमबार, ०१ असोज २०७५, १६ : ५३ मा प्रकाशित

थामियो शेयर बजार, नेप्से र कारोबार दुवैमा गिरावट

आजको शेयर तालिका

अर्थ संसार, काठमाडौँ– आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर (आज) सोमबार सामान्य अङ्कले घटेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ ।

कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले घट्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले बढेको छ ।सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5b9f8f4db8b9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको