Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी जलविद्युत् आयोजनाको पहिरोमा परेकालाई ११ लाख क्षतिपूर्ति

मंगलबार, ०२ असोज २०७५, ११ : ३५ मा प्रकाशित

रसुवागढी जलविद्युत् आयोजनाको पहिरोमा परेकालाई ११ लाख क्षतिपूर्ति


अर्थ संसार, पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ ।

रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा गत भदौ ३० गते दुवै जनाको मृत्यु भएको हो ।

रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैह्रेकाअनुसार उनहरुको परिवारलाई जनही रु ११ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरिएको हो । मृतकका परिवारलाई दशैँ खर्चसहित दुई महिनाको पारीश्रमिकसमेत उपलब्ध गराइनेछ ।

चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजनाबीच उक्त सहमति भएको हो । उनीहरुको शव रसुवा अस्पतालमा परीक्षण गरेलगत्तै दाहसंस्कारका लागि आजै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको