Like us!
Follow us!
Connect us!
Watch us!

बालाजु क्षेत्रमा आज दिनभर विद्युत् कटौती

शुक्रबार, ०५ असोज २०७५, ०८ : १६ मा प्रकाशित

बालाजु क्षेत्रमा आज दिनभर  विद्युत् कटौती

अर्थ संसार, काठमाडौँ– सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार(आज) दिनभर विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

यस्तै बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् काटिने छ ।

यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको