Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा

शुक्रबार, ०५ असोज २०७५, १६ : ४१ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा

अर्थ संसार,काठमाडौं–  सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा स्थापना गरी सेवा शुरु गरेको छ । शक्रबार एक कार्यक्रमको विच कम्पनीका संचालक खेम राज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेलको समुपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गर्नु भएको थियो ।

यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर  २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुच पुर्याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ ।   कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पुर्याउने लक्ष्य राखेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको