Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटनको तिब्र विकास गर्न सडक यातायात पूर्वाधार पहिले बनाउनुपर्छ : उपाध्यक्ष कडेल

मंगलबार, १६ असोज २०७५, १७ : ३१ मा प्रकाशित

पर्यटनको तिब्र विकास गर्न सडक यातायात पूर्वाधार पहिले बनाउनुपर्छ : उपाध्यक्ष कडेल

अर्थ संसार, काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले मुलुकमा पर्यटनको समग्र विकास गर्न सडक यातायात मुख्य सहयोगी हुने भएकाले राष्ट्रिय प्राथमिकतामा सडक पूर्वाधार रहेको बताउनुभएको छ ।

होमस्टे एशोसिएसनको आयोजनामा पर्यटन मार्फत समृद्धि कार्यक्रममा उपाध्यक्ष कडेलले एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने बाटो नहुँदा पर्यटकीय स्थलसम्म पर्यटक पुग्न नसकेको बताउनुभयो ।

उपाध्यक्ष कडेलले पुर्वाधार पुगेका ठाउँलाई गुणस्तर बृद्धि गर्न ध्यान दिनुपर्ने बताउँदै सिमित गन्तव्यहरु पहिचान गरी थप गर्नु पर्ने बताउनुभयो । संभावना बोकेका पर्यटीय गन्तव्यमा एकीकृत पूर्वाधार पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

“समृद्ध नेपाल सुखी नेपाली”को लक्ष्य पुरा गर्न संविधान र सरकारको नीति कार्यक्रमलाई आधार बनाएर अगाडी बढ्नुपर्ने बताउँदै उपाध्यक्ष कडेलले योजना “भूत मुखी हैन भविष्य मुखी” बनाऔं भन्नुभयो । उहाँले थप्नुभयो “अव यो भएन, त्यो भएन भन्ने हैन यो हुनुप¥यो भनेर किटान साथ भनिदिनुभए राष्ट्रिय योजना आयोगले नीतिगत रुपमा सघाउन सजिलो हुने थियो ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले पर्यटन व्यवसायलाई साना उद्योगको रुपमा स्थापित गर्न सकिए सामाजिक परदर्शीता देखिने र रोजगारी र व्यवसायिक बृद्धि हुने बताउनुभयो । उहाँले पर्यटनको विकास गर्न सरकारले आकर्षण बढाउने र सुरक्षाको प्रत्याभुती गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सहसचिव प्रतिक ढकालले पर्यटन मार्फत समृद्धि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर केसीले सो कार्यपत्रमाथि उठेका सवाल र समाधानको निश्कर्ष पर्यटन मन्त्रालयलाई बुझाउने बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

३८ मेगावाटको अपर आँखुखोला जलविद्युत आयोजनाको पिपिए , ८ अर्बको लागतमा २०२२ सम्म निर्माण गर्ने 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको