Like us!
Follow us!
Connect us!
Watch us!

थामिएन शेयर बजार : दोहोरो अंकको गिरावट

बुधबार, १७ असोज २०७५, १६ : २४ मा प्रकाशित

थामिएन शेयर बजार :  दोहोरो अंकको गिरावट

अर्थ संसार, काठमाडौँ –  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अंकले घटेको छ ।

मंगलबार समान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १०.७६ बिन्दुले घटेर एक हजार २३०.६० बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २.३९ बिन्दुले घटेर २६१.०१ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत  आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टककाअनुसार कूल ११ उपसमूह मध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ ।

व्यापार ४.२२ र होटल ५.५६ बिन्दुले बढ्दा बैंकिङ१०.१२, विकास बैंक ११.५२, जलविद्युत् १५.१४, वित्त ३.३३, निर्जीवन बीमा ५१.३८,उत्पादन ६.५२,अन्य ८.७५,माइक्रोफाइनान्स ९.७५ र जीवन बीमा ३७.४५ बिन्दुले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको