Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

आइतबार, २१ असोज २०७५, १५ : १९ मा प्रकाशित

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

अर्थ संसार, काठमाडौँ– बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ ।    आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।

सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको