Like us!
Follow us!
Connect us!
Watch us!

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

विहीबार, २५ असोज २०७५, १७ : ४३ मा प्रकाशित

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

अर्थ संसार, बाँके– कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । दश श्ययाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताउनुभयो ।

न्यूरोडमा स्थापना गरिएको अस्पतालमा दाँतसम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने बताइएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको