बुधबार, २८ कार्तिक २०७५, ०२ : ५१
आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने : मस्को
आइतबार, ०४ कार्तिक २०७५

अर्थ संसार, मस्को– शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले आइतबार बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो ।

विदेशमन्त्री र्यावकोभले रूसी समाचार संस्था तासलाई भन्नुभयो, “म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।”

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गर्नुभएको छ ।

“अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,” गोर्भाचोभले इन्टरफ्याक्सलाई बताउनुभयो ।

उहाँले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताउनुभयो । “यो घोषणाले विवेकको कमीलाई देखाउँछ,” गोर्भाचोभले भन्नुभयो । एएफपी

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved