Like us!
Follow us!
Connect us!
Watch us!

संखुवासभामा एनआइसी एसिया बैंकको नयाँ शाखा

शुक्रबार, ०९ कार्तिक २०७५, ११ : २६ मा प्रकाशित

संखुवासभामा एनआइसी एसिया बैंकको नयाँ शाखा

अर्थ संसार, काठमाडौं–  एनआइसी एसिया बैंकले संखुवासभाको खाँदबारी नगरपालिका मानेभञ्ज्याङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा प्रमुख अतिथि निरौलाले सम्पूर्ण स्थानीय निकायमा वाणिज्य बैंकहरूको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई शाखा सञ्चालनमा ल्याएकोमा प्रशंसा गरेका थिए ।

बैंकले देशभरमा२ सय ६४ शाखा, २ सय ६० एटिएम, २६ एक्सटेन्सन काउन्टर एवं १८ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । एनआइसी एसियाले देशकै सबैभन्दा ठूलो सञ्जाल भएको दाबी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको