Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १७ : १२ मा प्रकाशित

गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरिए सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै नेपालले देशलाई राजनीतिक स्थायित्व चाहिएको भए पनि आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न खोजे सत्ता गठबन्धनबाट निस्किने बताएका हुन् । नेपालको राजनीति  देशको मौसम जस्तै भएको बताउँदै उनले मौसमको बारेमा केही भन्न नसके पनि राजनीतिमा त्यस्तो अवस्था नबनोस् भन्ने चाहेको उनले बताए ।

नेपालले उत्पादन, सुशासन, सामाजिक न्याय, समानता, समृद्धि लगायत कुरामा प्रोत्साहन दिन सरकारलाई सुझाव दिँदै देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा जोड दिनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको