बुधबार, २८ कार्तिक २०७५, ०३ : १३
जापानमा ५.४ म्याग्नीच्युडको भूकम्प
सोमबार, १२ कार्तिक २०७५

अर्थ संसार, टोकियो – दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए ।रासस / सिन्ह्वा

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved