Like us!
Follow us!
Connect us!
Watch us!

मोदी नेपाल आउँदै

सोमबार, १९ कार्तिक २०७५, ०८ : ०४ मा प्रकाशित

मोदी नेपाल आउँदै

अर्थ संसार, काठमाडौं – भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।

उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् ।प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।

 ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने । औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।

 उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको