Like us!
Follow us!
Connect us!
Watch us!

डेरी उद्योगमा आगलागी, ५ लाख बराबरको क्षति

सोमबार, १९ कार्तिक २०७५, १८ : ४९ मा प्रकाशित

डेरी उद्योगमा आगलागी, ५ लाख बराबरको क्षति

अर्थ संसार, कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा रहेको खोया बनाउने मेसिन, भाँडाकुँडा, २०० लिटर दूध, तिहारका लागि तयार गरिएको २० किलो खोया जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको