Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो ‘चमत्कारिक बचत खाता’

मंगलबार, २० कार्तिक २०७५, १४ : ०२ मा प्रकाशित

तिहारको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो ‘चमत्कारिक बचत खाता’

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रको सवै भन्दा ठूला बैंक ‘एनआईसी एशिया बैंक’ ले  तिहारको अवसरमा  ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ ।

बैंकले खातामा ७ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात रु १०००,  दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, अनलाइनबाट खाता खोल्न सकिने सुविधा रहेको छ भने वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार पाइने पनि जनाइएको छ ।

सो बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।

यस्तै  न्युनतम वार्षिक औसत मौज्दात रु १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का, ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।

यस्तै खातामा न्युनतम वार्षिक औसत मौज्दात रु २००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।

मुलुकभर २६५ शाखा कार्यालय, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।  बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ  । 

कुलनिक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगेको छ ।   हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको