Like us!
Follow us!
Connect us!
Watch us!

तल्लो मोदीखोला जलविद्युत आयोजनाले ४२ लाख कित्ता आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

विहीबार, २९ कार्तिक २०७५, १६ : ५२ मा प्रकाशित

तल्लो मोदीखोला जलविद्युत आयोजनाले ४२ लाख कित्ता आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

अर्थ संसार, काठमाडौं– गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित तल्लो मोदीखोला जलविद्युत आयोजनाले ४२ लाख कित्ता  साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

प्रवर्धक मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको २० मेगावाट तल्लो मोदीखोला जलविद्युत आयोजनाले १६ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र  २५ लाख २० हजार कित्ता सर्वसाधारणको लागि शेयर निकासन गर्न लागेको हो ।

प्रतिकित्ता रु १०० रुपैयाँको दरले रु ४२ करोडको शेयर निश्कासन गर्न मोदीइनर्जीले सनराइज क्यापिटललाई शेयर बिक्री प्रबन्धममा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट संचालक कुमुद कुमार दुगड तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले एक कार्यक्रम विच सम्झौतापत्रमा हसक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्

रिडी हाइड्रो सौर्य परियोजना : मणिग्राममा ८ मेगावाटको सौर्य परियोजनाको काम सुरु, चैतभित्र विद्युत् प्रणालीमा जोडिने

अधिकांश जलविद्युत कम्पनीको शेयर आइपिओको भाउमा 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको