Like us!
Follow us!
Connect us!
Watch us!

१९ वाणिज्य बैंकहरूको नाफा ९ अर्ब ६३ करोड, इन्भेष्टमेण्ट अग्रस्थानमा हुँदा सेञ्चुरी पुछारमा

शुक्रबार, ३० कार्तिक २०७५, ०८ : २७ मा प्रकाशित

१९ वाणिज्य बैंकहरूको नाफा ९ अर्ब ६३ करोड,  इन्भेष्टमेण्ट अग्रस्थानमा हुँदा सेञ्चुरी पुछारमा

अर्थ संसार, काठमाडौं– आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा १९ वाणिज्य बैंकहरूले कुल ९ अर्ब ६३ करोड ६१ लाख खुद नाफा आर्जन गरका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव ८० प्रतिशत बढी हो।

गत आवको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्ने १९ वाणिज्य बैंकले ६ अर्ब ७४ करोड ७५ लाख नाफा कमाएका थिए । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाउन सफल भएका कारण नाफा बढ्न टेवा पुगेको बैंकहरूले प्रकाशित गरकोे वित्तीय विवरणमा देखिन्छ ।

वित्तीय विवरण प्रकाशित गरका १९ वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको नाफा सबैभन्दा बढी छ । असोज मसान्तसम्म नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख खुद नाफा आर्जन गरको छ । रकमका आधारमा बैंकको नाफा धेर दे खिए पनि अघिल्लो आवको तुलनामा भने यो १७ दशमलव ८४ प्रतिशत मात्र बढी हो।

बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी सामान्य बढेपछि नाफा पनि सामान्य मात्र बढेको हो। रकमका आधारमा सबैभन्दा कम नाफा सेन्चुरी कमर्सियल बैंकको देखिन्छ ।

सो बैंकले चालू आवको पहिलो ३ महिनामा २७ करोड ४० लाख खुद नाफा कमाएको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा १ सय ४ दशमलव ७८ प्रतिशत बढी हो। बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार गरपछि नाफा पनि उल्ले ख्य बढेको हो। बैंकहरूको खुद नाफा करिब ४३ प्रतिशत बढे पनि नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुरूप रगुलेटरी एड्जस्टमेन्टपश्चात् कायम हुने नाफा (फ्री प्रोफिट) अर्थात् लाभांश वितरणमा प्रयोग गर्न सकिने नाफा ३७ दशमलव शून्य ४ प्रतिशत मात्र बढेको छ ।

यी १९ बैंकहरूको कुल फ्री प्रोफिट ८ अर्ब १३ करोड ८९ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूको यस्तो नाफा ५ अर्ब ९३ करोड ८९ लाख रुपैयाँ रहेको थियो।
जनता बैंक नेपालको फ्री प्रोफिट सो अवधिमा सबैभन्दा धेर बढे को छ ।

गत आवको पहिलो ३ महिनाको तुलनामा चालू आवको सोही अवधिमा जनताको यस्तो नाफा २ सय ९४ दशमलव ९५ प्रतिशत बढेको छ । त्यसैगरी, मेगा बैंकको फ्री प्रोफिट १ सय ८८ दशमलव ६८ प्रतिशत, प्रभु बैंकको १ सय ५६ दशमलव ५० प्रतिशत, सिद्धार्थ बैंकको १ सय ३८ दशमलव ३३ प्रतिशत र कुमारी बैंकको १ सय २३ दशमलव ९३ प्रतिशत बढेको छ ।

एभरेष्ट बैंक लिमिटेडको फ्री प्रोफिट वृद्धिदर सो अवधिमा सबैभन्दा कम रहेको छ । बैंकको खुद नाफा १९ दशमलव १७ प्रतिशत बढे पनि फ्री प्रोफिट भने ७ दशमलव ७७ प्रतिशत घटेको छ । बैंकले ४९ करोड १ लाख रुपैयाँ लाभांश वितरणका लागि प्रयोग गर्न सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको