Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न

मंगलबार, ०४ मंसिर २०७५, १२ : १३ मा प्रकाशित

न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न

अर्थ संसार, काठमाडौं–लमजुङमा आयोजना स्थल रहेको निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको कार्य पूरा भएको छ ।

निर्माण थालेको १६ महिनामा आयोजनाको ४ किलोमिटर लामो सुरुङ पूरा भएको हो ।न्यादी हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित यो आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ । २०१७ को जुलाई ६ बाट सुरुङ निर्माणको काम आरम्भ भएको थियो ।

आयोजनाका प्रमुख उत्तम अमात्यले सुरुङ निर्माणसँगै अन्य काम पनि तिव्र गतिमा भएको बताए । आयोजनामा सुरुङसहित ७ सय ७६ मिटर लामो पेनस्टक पाइप राखिनेछ ।

 आयोजना निर्माणका लागि नेपाली र चिनियाँ कामदार गरी एकसय बढी कामदार कार्यरत छन् ।यस्तै, आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना अन्तर्गतका काम २० प्रतिशत सकिएको छ भने आयोजनाको प्रगति ४५ प्रतिशत छ ।

आगामी वर्षा सुरु हुनुअघि बाँध क्षेत्रको संरचना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख अमात्यको भनाई छ । विद्युतगृह पनि आउने वर्षायाम अघि सम्पन्न गर्ने योजना बनाइएको छ ।

२०७३ चैतबाट निर्माण सुरु भएको यो आयोजना आगामी १७ महिनाभित्रै सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका प्रवद्र्धक कम्पनीसँग छ । कुल रु ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोड्ने योजना  छ । तर आयोजना सकिने बेलासम्म प्रसारण लाइन निर्माण हुनेमा भने आयोजना विश्वस्त छैन् ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी गेजाङले गरेको छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको