Like us!
Follow us!
Connect us!
Watch us!

२०२७ सम्म नेपालको जलविद्युत क्षमता १५ हजार मेगावाट पुग्ने

विहीबार, ०६ मंसिर २०७५, ११ : १५ मा प्रकाशित

२०२७ सम्म नेपालको जलविद्युत क्षमता १५ हजार मेगावाट पुग्ने

फोटो : फाइल

अर्थ संसार, काठमाडौं - नेपालले आफ्नो जडित उर्जा क्षमतालाई सन् २०२७ सम्ममा १५००० मेगावाट पुर्याउने लक्ष्य कायम गरेको छ। यो अंकमा १० प्रतिशत भने उर्जाको रूपमा प्राप्त गरिने छ भने पावर ट्रान्समिसन र डिसट्रीबीयूसन लसमा आगामी दुई तीन वर्षमा १५ प्रतिशत कटौती गरिने छ

एबीबी टेक्नोलोजीजद्धारा आयोजित ‘एबीबी टेक्नोलोजी  डे’मा एबीबीका विशेषज्ञहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेपालका २५० कम्पनीहरू सहभागी भएका छन्। उपभोगीय वस्तु, यातायात, तथा भौतिक पूर्वाधार जस्ता उद्योग अन्तर्गतका नेपाली कम्पनीहरुले एबीबीका विशेषज्ञहरुसँग विभिन्न कार्यशालामा भाग लिएका छन् ।

साथै, सो कार्यक्रममा सम्बन्धित क्षेत्रका नबिनतम प्रबिधीहरुको पनि प्रदर्शनी गरिएको थियो।

एबीबी टेक्नोलोजीजलाई ८० प्रतिशत भन्दा बढी विद्युत प्राधिकरणका पावर सबस्टेशनमा संचारका लागि परिचालन  गरिएको छ।  एबीबीले विभिन्न हाइड्रो परियोजनका  निमित्त यूनिफाईड अटोमेसन् सिस्टमस, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स, तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्धारा थुप्रै प्रविधिहरुको समाधान पनि प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको