Like us!
Follow us!
Connect us!
Watch us!

किरिया खर्चवापत रु २५ हजार वितरण

शनिबार, ०८ मंसिर २०७५, १४ : ३६ मा प्रकाशित

किरिया खर्चवापत रु २५ हजार वितरण

अर्थ संसार, राजविराज–सप्तरीमा डाक्नेश्वरी नगरपालिकाका पाँच जनाको बस दुर्घटनामा मृत्यु भएको परिवारलाई किरिया खर्चबापत रु २५ हजारका दरले आज राहत वितरण गरेको छ ।

बस दुर्घटनामा परी मृत्यु भएका डाक्नेश्वरी नगरपालिका–११ बस्ने बेचनीदेवी यादव, मखनीदेवी यादव, सिकिलदेवी साह र दिनेश रजक तथा सोही ठाउँका हालसम्म सनाखत नभएकी एक महिलाको परिवारलाई किरिया खर्चबापत रु २५ हजारका दरले नगर प्रमुख शिवनारायण साहले वितरण गर्नुभएको थियो ।

यसैबीच जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले बस दुर्घटनामा परी मृत्यु भएकाको शोकमा भोलि आइतबार एक दिन जिल्लाको सम्पूर्ण स्थानीय तह बन्द गरिने निर्णय भएको बैठकमा सहभागी राजनीतिकर्मी नीरज झाले बताउनुभयो ।

सुनसरीको बराह क्षेत्रको चतराबाट दर्शन गरी करीब ६० यात्रु बोकेको को १ ख २७९९ नं को बस सप्तरीको राजविराज–भारदह सडकखण्डअन्तर्गत हनुमाननगर कङ्कालनी नगरपालिका–१० स्थित इनर्वामा सडक छेउमा रहेको पोखरीमा शुक्रबार साँझ खसेर दुर्घटना भएको थियो ।

बस दुर्घटनामा परी एकै नगरपालिकाका पाँच जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी यात्रु घाइते भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको