Like us!
Follow us!
Connect us!
Watch us!

आज काँग्रेस बैठक

आइतबार, ०९ मंसिर २०७५, ०८ : ३५ मा प्रकाशित

आज काँग्रेस बैठक

अर्थ संसार, काठमाडौं- नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ ।पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधानको मस्यौदामाथि छलफल गर्न र आवश्यक परेमा अध्ययनका लागि केन्द्रीय सदस्यलाई केही दिन समय दिने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको