Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो यात्रामा रहेको युनाइटेड इन्स्योरेन्सको हेरौं कम्पनी विश्लेषण

आइतबार, ०९ मंसिर २०७५, १० : ५२ मा प्रकाशित

ओरालो यात्रामा रहेको युनाइटेड इन्स्योरेन्सको हेरौं कम्पनी विश्लेषण

चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ११ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. १ करोड ४७ लाख नाफा कमाएको थियो ।

युनाइटेड इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ९ मङ्सिर २०७५) कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख रहेको छ भने रिजर्भ कोषमा रू. ३ करोड ५३ लाख छुट्याएको छ । यो रकम गत आवको सोही अवधिमा रू. ६ करोड ९४ लाख ऋणात्मक थियो । बीमा कोषमा रू. २९ करोड ९० लाख जम्मा भएको छ । यो रकम गत आवको तुलनामा ७० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  • पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ७ लाख आम्दानी गरेको छ भने रू. ९६ लाख ५ हजार खर्च भएको छ । आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २२ प्रतिशतले कमी हो । कम्पनीले गत आवको सोही अवधिमा रू. २ करोड ६७ लाख आम्दानी गरेको थियो । महाविपत्ति कोषमा रू. ७४ लाख ७३ हजार छुट्याएको छ ।
  • कम्पनीले पुनर्बीमा कमिशनबाट रू. १ करोड ६४ लाख आम्दानी गरेको छ । गत आवको तुलनामा १९ प्रतिशतले बढी हो । पहिलो त्रैमासमा कम्पनीले रू. १२ करोड ८७ लाख बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको जारी बीमालेखको सङ्ख्या १३ हजार ९ सय २५ र नवीकरण गरिएको बीमालेखको सङ्ख्या २ हजार ५ सय ६४ रहेको छ ।
  • पहिलो त्रैमासमा कम्पनीले ५ सय १६ जनालाई रू. ७ करोड ९९ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार १ सय जनालाई २३ करोड २९ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले आगामी दिनमा व्यावसायिक विविधीकरण गरी मुलुकका विभिन्न प्रदेशमा बीमासम्बन्धी छोटोछरितो सेवा प्रदान गर्न लागि तथा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक प्रदेशमा प्रदेश कार्यालय तथा आवश्यकताअनुसार कार्यालय विस्तार गर्ने भएको छ । साथै अग्नि तथा भूकम्प, बाढीपहिरो, कृषि तथा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिने योजना रहेको छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ७०, मूल्य आम्दानी अनुपात २ सय ३२ दशमलव ५५, तरलता अनुपात २ दशमलव ६५ र प्रतिशेयर नेटवर्थ रू. २ सय १३ दशमलव शून्य ५ रहेको छ । बिहीवारको शेयर मूल्य रू. ७ सय ४५ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ५ सय ९५ कित्ता शेयर खरीद र ७० कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष 
कम्पनीको ५४ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन लङ्गलेग्ड डोजी आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयर आगामी दिनमा बढ्ने र घट्ने दुवै सम्भावना देखाउँछ । यस अवस्थामा लगानीकर्तामा अन्योल सृजना हुन्छ । लगानीकर्तामा पर्ख र हेरको अवस्था रहेको देखिन्छ । आरएसआई न्युट्रल जोन ३४ दशमलव ७७ विन्दुमा रहेको छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ४३ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखिम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयर मूल्य रू. ७ सय ४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७ सय ९२ मा प्रतिरोध पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको