Like us!
Follow us!
Connect us!
Watch us!

डाबर स्पेशल हेयर आयल आकर्षक नयाँ प्याकमा

मंगलबार, १८ मंसिर २०७५, १८ : २४ मा प्रकाशित

डाबर स्पेशल हेयर आयल आकर्षक नयाँ प्याकमा

अर्थ संसार, काठमाडौं–  डाबर नेपालले आफ्नो उत्कृष्ट उत्पादन डाबर स्पेशल हेयर आयल नयाँ र आकर्षक प्याकमा बजारमा ल्याएको छ ।

ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेवलका साथ फिल्प कप विर्को सहितको नयाँ प्याक उपभोक्ताहरु माझ बजारमा उपलब्ध छ । पाकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्दछ ।

नयाँ प्याक बजारमा उपलब्ध भएसँगै “कन्फिडेन्स सुन्दरताको”नाराका साथ लोकप्रिय गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ । आफ्नो आवाज र प्रस्तुतीले लाखौँ युवा दर्शकहरुको मन जित्न सफल इन्दिरा जोशी एक असाधारण स्वरका साथ पूर्ण रुपमा आत्मविश्वास भएका गायिका हुन् ।

डावर स्पेशल हेयर आयलले पनि कपाललाई सुन्दर र पोषण प्रदान गरी आजको नारीलाई त्यही आत्मविश्वास झल्काउन मद्दत पुर्याउँछ ।

यो नयाँ प्याकमा स्पेशल अफर राखिएको छ जसमा उपभोक्ताहरुले ५० मि.लि. मा रु. ५, १०० मि.लि.मा रु. १० र २०० मि.लि.को  प्याकमा रु.१५ को छुट पाउन सक्नेछन् ।

5c0675dfae243.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको