Like us!
Follow us!
Connect us!
Watch us!

चौतारी लघुवित्तको ६ लाख कित्ता IPO आजदेखि बिक्री खुल्ला, वित्तीय अवस्था नाजुक

बुधबार, १९ मंसिर २०७५, ०८ : ३८ मा प्रकाशित

चौतारी लघुवित्तको ६ लाख कित्ता IPO आजदेखि बिक्री खुल्ला, वित्तीय अवस्था नाजुक

अर्थ संसार, काठमाडौं–बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गते अर्थात आजबाट साधारण शेयर (आइपिओ)  बिक्री खुल्ला भएको छ । कम्पनीले ६ लाख कित्ता प्राथमिक शेयर बिक्री गरेको हो ।

कम्पनीले ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता कर्मचारीहरुको लागि, तीस हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र ५ लाख ६० हजार ७०० कित्ता सर्बसाधारणलाई बिक्री गर्ने छ ।  

संस्थाले छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।

संस्थाले प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। उक्त  रेटिङले औषत भन्दा कमजोर वित्तीय अवस्था रहेको देखाउँछ ।

यो पनि पढ्नुहोस्

मध्य भोटेकोशी जलविद्युतको २७ लाख कित्ता IPO विक्री खुल्ला 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको